१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

महिला लघुवित्तको प्रि-अलोटमेण्ट सम्पन्न, शुक्रबारसम्म बाँडफाँड हुने

१२ फागुन, काठमाडाैँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे प्रि-अलोटमेण्ट फागुन ११ गते सम्पन्न भएको छ । लघुवित्तकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड फागुन १४ गते शुक्रबार हुने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएकाे छ ।

कम्पनीको आईपीओमा १५ लाख ४० हजार ४८ जना आवेदककाे २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको छ ।

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार २ हजार ५ सय ४८ जनाकाे हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

महिला लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार ११:१४