१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मंगलबार सानिमा लार्ज क्याप फन्डको १२ कराेड इकाई नेप्सेमा सूचिकृत

११ फागुन, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लार्ज क्याप फन्डले निष्काशनमा ल्याएको इकाई नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा सानिमा लार्ज क्याप फन्डको १२ करोड इकाई दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत गरिएको हो ।


सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि माघ १५ गते, बिहीबारसम्म “सानिमा लार्ज क्याप फन्ड” नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे थियाे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार १७:२७