३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

प्रभु बैंकद्धारा सिन्धुलीको भानुभक्त माध्यमिक विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण

७ फागुन, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर हस्तान्तरण गरेको छ । भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।

 बैंकद्धारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट उक्त विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । आफ्नाे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा आफ्नाे  सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैंक प्रतिबद्ध रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १३:२८