२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

गायक कपिलले ल्याए ‘छम छमी’ ( भिडियोसहित )

५ फागुन, काठमाडौँ । अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर नेपाली संगीतमा क्रियासिल युवा गायक कपिल सापकोटाले ‘छम छमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। आफुलाई भन्दा धेरै माया गर्ने व्यक्ति प्रति समर्पित यस गीतका शब्द कपिलले लेखेका हुन् भने स्वयम उनकै यस गीतमा संगीत रहेको छ। पप लभ भर्सनको यस गीतको म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी फिचर्ड छन्।

रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन्। ऋषि सुफी को कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। मेक मनी रेकर्ड्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रकाशित मिति : 14:51