३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

डिप्रोक्स लघुवित्तको २३ हजार कित्ता संस्थापक शेयर लिलाममा

५ फागुन, काठमाडाैँ । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाकाे २३ हजार ५ सय कित्ता संस्थापक शेयर लिलाममा आएको छ । कम्पनीका संस्थापक शेयरधनी देवेन्द्र प्रताप शाहले ति शेयर लिलाममा ल्याउन लागेका हुन् । कम्पनीले उक्त शेयर आजदेखि २३ गतेसम्म लिलाममा राखेकाे हो । कम्पनीको उक्त शेयर मूल्य न्युनतम प्रति कित्ता ५०१ तोकिएकोले लिलाममा आवेदन दिँदा सो भन्दा बढी मूल्य कबोल गरि शिलबन्दी बोलपत्र फारम पेश गर्नु पर्नेछ । सबै भन्दा बढी रकम कबोल गर्नेले शेयर पाउने छन् ।

आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य आवेदकले यसमा आवेदन दिन सक्ने छन् । त्यस्तै आवेदन दिने व्यक्तिले कर्जा सुअचना केन्द्रको कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, प्यान विवरण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। कम्पनीकाे बिक्रि प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ११:२९