१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

आइएमई जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

५ फागुन, काठमाडाैँ । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फागुन ४ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७ प्रतिशत बाेनस शेयर र कर प्रयाेजनका लागि ०.३७ प्रतिशत नगद गरि कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  शेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ११:०२