१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

४ फागुन, काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजल तथा मट्टीतेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु ११४, डिजल र मट्टीतेलको रु ९७ तथा हवाई इन्धनको मूल्य ६७ तिर्नुपर्ने भएको छ । एलपी ग्याँसको मूल्य यतावत रहेको छ । ग्यासको मूल्य अघिल्लो साता मात्र प्रतिसिलिण्डर १३७५ बाट २५ रुपैयाँ बढेर १४०० रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार २१:२१