१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

३ फागुन, ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरुले उहाँको हृदयघातका कारण निधन भएको जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहनु भएको थियो । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहनु भएको बताउनु भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १६:३२