१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने

३ फागुन, काठमाडाैँ । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको साधारण शेयर (आइपीओ) यसै साता बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सर्वसाधारणमा बिक्री गरिएकाे आइपीओ यसै शुक्रबार बाँडफाँड हुने भएकाे छ। ग्रीनलाइफ हाइड्रोपावरकाे आइपीओमा सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ७.३० गुणा बढी आवेदन परेको छ।

कम्पनीको आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले मात्र सेयर हात पार्नेछन् भने बाँकी १० लाख ९ सय भन्दा धेरै जनाको हात खाली हुनेछ । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७.३० गुणा धेरै हो । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १६:१३