१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सोमबार नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

३ फागुन, काठमाडाैँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ६ वटा कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबारकामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक,हिमालय डिस्ट्रिलरी, एनएलजी इनस्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र लक्ष्मी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कामना सेवा विकास बैंक लिमिटेडको ११ लाख १७ हजार ६८३.७९५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै मुक्तिनाथ विकास बैंक लिमिटेडको  ४८ लाख ६५ हजार ६१३.१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । तेसैगरि हिमालय डिस्ट्रिलरीको २८ लाख ९२ हजार ३४१.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ लाख १७ हजार २२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख ९९ हजार १६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ लाख १७ हजार ४५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १५:२४