१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024

विद्युत वितरणको सञ्जाल पुरानो र अर्पयाप्तः हितेन्द्र शाक्य

२ फागुन, काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अर्पयाप्त रहेको बताउनुभएको छ । विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताउनुभएको हो ।

उहाँले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपुर्ण रहेको बताउनुभयो । उहाँले बिद्युत्को माग तथा खपत बढाउनको लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यकारी निर्देशक शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताउनुभयो । उहाँले विद्युत् प्रसारण तथा वितरण र खपत लगायत समग्र समस्या समाधानका निम्ति छुट्टै ब्यवस्था गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार १४:१२