१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

महुली लघुवित्तले घोषणा गर्यो लाभांश

२ फागुन, काठमाडाैँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । संस्थाकाे माघ २९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमध्ये लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार १२:४६