१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश , बोनस कति ?

२ फागुन, काठमाडाैँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे माघ २९ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


जसमध्ये १० प्रतिशत बाेनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयाेजन) का लागि रहेको छ । उक्त लाभांश बीमा समितिको स्वीकृती तथा आगामी २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार १२:२५