३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

नेप्सेमा इन्फ्रास्ट्रक्चर बैंककाे आइपिओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

२९ माघ, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ । आइतबारदेखि कारोबारमा आउनेगरी बैंकको शेयर बिहीबार सूचिकृत भएको हो।

नेप्सेमा बैंककाे २० करोड कित्ता साधारण सेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । बैंककाे आइपिओलाई सेयर काराेबार गर्न NIFRA संकेत प्रदान गरिएको छ । आइतबार यसै कारोबार संकेतमा आधारित रहेर बैंकको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १५:५१