१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बिहीबार घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलामा ?

२९ माघ, काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार छापावाल सुन प्रति तोलामा ४ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।  बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, बिहीबार तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ। बुधबार तेजाबी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियाे । चाँदी प्रतितोला १३१५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १२:०१