९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ ७.३७ गुणा बढी आवेदन,पर्ने सम्भावना कति ?

२८ माघ, काठमाडाैँ । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) मा लगानीकर्ताको ओइरो लागेकाे छ । ग्रीनलाइफ हाइड्रोपावरकाे आइपीओमा सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ७.३७ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार कम्पनीको आइपीओमा मंगलबार ५ बजेसम्ममा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताको लागि आवेदन परेको हाे। माग भन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ ।


कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ११:५६