आज कति छ सुनको मूल्य ?
२८ माघ, काठमाडाैँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन मंगलबार तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार १३४० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ११:१६