९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

रुरु जलविद्युतले फागुन ७ गतेबाट आइपिओ निष्कासन गर्ने

२८ माघ, काठमाडाैँ ।  रुरु जलविद्युत परियोजना लिमिटेडले फागुन ७ गतेबाट साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।  रुरु जलविद्युत् परियोजना लिमिटेडले ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ ) निष्कासन गर्न लागेकाे हाे। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आउँदो फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्न लागेको हो ।


कम्पनीले आयोजना प्रभावितका क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ। उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । आईपीओमा छिटोमा फागुन २१ गते र ढिलामा चैत ८ गते आवेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डले गत माघ २१ गते रुरु जलविद्युत परियोजना लिमिटेडलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको थियो। त्यसमध्ये पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। उक्त आइपिओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार १०:११