१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० मजदूर बेपत्ता भएको आशंका

२५ माघ, काठमाडाैँ ।  भारतको उत्तराखण्डमा हिमताल ( बारिएर बसेको हिमनदी) विष्फोट भएको छ । उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेको हो । हिमताल फुटेलगत्तै  स्थानीय धौलीगंगा नदी तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।हिमताल फुट्दा ऋषिगङ्गा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका १५० मजदुर बेपत्ता भएको आशङ्का गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गर्दै आफू घटनास्थलतर्फ जाँदै गरेको बताउनुभएको छ । उहाँले ट्वीट गर्दै अफवाद नफैलाउन ध्यान दिन र पुरानो भिडियो शेयर नगर्न आग्रह गर्नुभएको छ । भारतका गृहमन्त्री अमित शाहले राहत र उद्धारका लागि राष्ट्रिय आपत् प्रतिक्रिया बल (एनडीआरएफ) को टोली पठाइएको जानकारी दिनुभएको छ । घटनाको अन्य विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार १५:४६