बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?
२५ माघ, काठमाडाैँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ६ सयले बढेर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ६ सयमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलाको ९० हजारमा कारोबार भएको थियाे ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य ९० हजार १ सय ५० कायम भएको छ । गएको शुक्रबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार ५ सय ५० मा कारोबार भएको थियो । आज चाँदीको मुल्य पनि सामान्य बृद्धि भएको छ । शुक्रबार तोलाको १२ सय ९० मा कारोबार भएको चाँदीको मुल्य आज २० रुपैयाँ बृद्धि भएर १३ सय १० मा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २५ माघ २०७७, आईतवार ११:४१












