३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

कामना सेवा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला

२२ माघ, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आजबाट १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । बैंकले निष्कासन गरेकाे ऋणपत्रमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । भने बाँकी ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्न लागेको हो। जसमा २० हजार कित्ता भने सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।

बैंकले १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेकाे ऋणपत्र निष्कासन गर्न कार्तिक ३ गते साेमबार निवेदन पेश गरेकाेमा बोर्डले बैंकलाई माघ २ गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियाे । बैंकले बिक्रीमा ल्याएकाे  ऋणपत्रमा इच्छुक आवेदकहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रमा लगानीकर्ताले माघ २२ देखि छिटोमा माघ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । बैंकको ऋणपत्रमा आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १२:१९