२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

फेरी घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२२ माघ, काठमाडाैँ । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य ९ सयले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनकाे मूल्य ताेलामा ९१ हजार १ मा कारोबार छ । बुधवार छापावाल सुन तोलाको ९२ हजारमा कारोबार भएको थियाे ।


त्यस्तै, आज तेजाबी सुनको मूल्यमा पनि गिरावट आएको छ । बिहिबार तेजाबी सुन ताेलामा ९० हजार ६ सयमा कारोबार भएको  महासंघले जनाएको छ । बुधबार ९१ हजार ५ सयमा कारोबार भएको थियाे ।  आज चाँदीको मूल्य पनि घटेकाे छ । बुधबार तोलाको १३ सय २० मा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर १३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार ११:३५