२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

कक्षा ११ र ८ को पाठ्यक्रममा समावेश भयो कालापानी–लिपुलेक–लिम्पियाधुरा समेटिएको नक्सा

१९ माघ, काठमाडौँ । सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा ११ र कक्षा ८ को पाठ्यक्रममा समावेश गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको जानकारी दिनुभएको छ । यस अघि केही त्रुटि भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पाठ्यपुस्तकबाट हटाउन लगाएको भन्दै आलोचना भएको थियो।

भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भूभाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको थियो। सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। जुन कदम देशैभर स्वागत भएको थियो। योसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन्।

प्रकाशित मिति : 12:29