घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
२१ माघ, काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएकाे छ । आज सुनकाे मूल्य ६ सयले घटेर हाे । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ९२ हजार कायम भएको छ । मंगलबार छापावाल सुन ताेलामा ९२ हजार ६ सयमा कारोबार भएको सुनको थियाे ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि घटेको छ । मंगलबार ९२ हजार १ सयमा कारोबार भएको तेजावी सुन आज ६ सयले घटेर ९१ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार १३ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आज ६० रुपियाँले घटेर १३ सय २० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासंघे जनाएको छ ।
प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ११:३१












