१ फाल्गुन २०८१, बिहीबार | Thu Feb 13 2025

कर्मचारी सञ्चय कोषको कर्जा नेपाल बैंकबाट तिर्न सकिने

२१ माघ, काठमाडौँ । कर्मचारी सञ्चय कोषका ऋणिहरुले नेपाल बैंक लिमिटेडबाट आफ्नो कर्जा तिर्न सक्ने भएका छन । नेपाल बैंक लिमिटेडका देशभरका सम्पूर्ण २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट कर्मचारी सञ्चय कोषका ऋणीहरूले कर्जा तिर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँले बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा अब उप्रान्त कर्जा भुक्तानीको सुविधा प्राप्त गर्नेछन । नेपाल बैंकले ग्राहकको सुिवधालाइ मध्यनजर गर्दै नयाँ नयाँ सेवा विस्तार गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ०९:४८