१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

जनउत्थान सामुदायिक लघुवित्तले घोषणा गर्यो लाभांश, नगद र बोनस शेयर कति ?

२० माघ, काठमाडाैँ । जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार ११:१६