३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

ज्योति लाईफ इन्स्योरेन्स र मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टर बीच सेवा सम्झौता

१९ माघ, काठमाडाैँ । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टर, काठमाडाैँ संग सर्टिङ सुटिङ तथा टेलरिङ्ग सेवामा साझेदारी गर्ने सम्बन्धमा मिती २०७७ माघ १८ गतेका दिन सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका ४ भन्दा बढी शाखाहरुमा सर्टिङ सुटिङ तथा टेलरिङ्ग सेवामा २० प्रतिशत को छुट प्राप्त गर्नेछन् भने सम्पूर्ण मेरिना इम्पेक्सका कर्मचारीहरुको बीमा ज्योति लाईफले गर्ने छ ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरु लामो समय देखी सर्टिङ सुटिङ ब्यवसायमा ग्राहक सन्तुष्टीको अनुभव हासिल गरेको मेरिना इम्पेक्सको स्तरिय सेवालाई अत्यन्त सुपथ मुल्यमा प्राप्त गरी लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कर्पोरेट सोलुसन बिभाग प्रमुख सनन्दन पोखरेल तथा मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरका कार्यकारी निर्देशक मोहन मान जोशीले हस्ताक्षर गर्नुभएको थियो भने उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १६:०८