२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

एसईई परीक्षाकाे नतिजा अाज सार्वजनकि हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि दिउँसो ३ बजे बोर्ड बैठक बोलाइएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार ३ बजे बोर्ड बैठक बस्ने र ४ बजे पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक गरिने छ। यस वर्ष एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए । केन्द्रले सर्वजनिक गर्ने याे अन्तिम नतिजा हो ।

यसरी हेर्न सकिन्छ नतिजा 

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने  छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने केन्द्रले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np र राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७५, शनिबार १०:५२