२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलामा ?

१९ माघ, काठमाडाैँ । नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ । सोमवार सुनको मूल्यमा ५ सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमवार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदीकाे मूल्यमा पनि ८० रुपैयाँले वृद्धि भएको छ । सोमवार चाँदी प्रतितोला १४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १२:३३