१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

१९ माघ, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने जानकारी दिए । त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

कोरोना संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुने छ । ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १०:४३