९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

मानव सेवा आश्रममा रहेका सबै नगरिकको एपिएफ अस्पतालमा निःशुल्क उपचार हुने

१८ माघ, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफअस्पताल र मानव सेवा आश्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । आईतबार सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक एवं नेपाल एपीएफ अस्पतालका संरक्षक शैलेन्द्र खनाल र मानव सेवा आश्रमका संरक्षक एवं समाजसेवी डा गोविन्द टण्डनको समुपस्थितिमा अस्पतालका तर्फबाट प्राविधिक सशस्त्र प्रहरी वरिष्‍ठ उपरीक्षक डा रुपक महर्जन र मानव सेवा आश्रमका तर्फबाट अध्यक्ष रामजी अधिकारीले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कोही नेपाली असहाय हुन नपरोस् उपचारबाट बञ्‍चित हुन नपरोस् भन्‍ने पवित्र सदिच्छा अनुरुप बेसहारा¸ अशक्त¸ असहाय¸ अनाथ एवं अभिभावकविहिन सडक आश्रित मानवहरुको उद्दार तथा पालनपोषणमा मानव सेवा आश्रम लागिरहेको महशुस गरी २० औँ सशस्त्र प्रहरी दिवस २०७७ को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आश्रममा रहेका वेसहारा¸ असक्त¸ असहाय एवं अभिभावक विहिनहरुलाई एपीएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो ।

सोही घोषणा अनुरुप आईतबार गरिएको यो सम्झौता सँगै नेपाल एपीएफ अस्पतालबाट उपलब्ध हुने ईमरजेन्सी¸ बहिरङ्ग¸ जनरल तथा विशेषज्ञ ओपिडी¸ अन्तरङ्ग सेवा अन्तर्गतका वार्ड सबै¸ आईसीयु¸ एचसियु¸ एचडियु¸ अस्पतालमा उपलब्ध हुने माईनर तथा मेजर अप्रेशन सेवा¸ प्याथोलोजी सेवा समेत निस्शुल्क उपलब्ध हुनेछ ।

यसैगरी रेडियोलोजी अन्तर्गत एक्सरे¸ सीटी स्क्यान¸ अल्ट्रासाउण्ड¸ इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरु समेत निस्शुल्क रुपमा उपलब्ध हुनेछ । यसैगरी आईसीयु तथा डाईलासिस सेवाका लागि प्रयोग हुने अस्पताल उपलब्ध औषधिहरु¸ मुटुरोग¸ मृगौला रोग¸ मधुमेह आदि भई आजिवन औषधि सेवन गर्नुपर्ने बिरामीहरुको लागि आवश्यक अस्पतालमा उपलब्ध औषधि समेत निस्शुल्क उपलब्ध हुनेछ ।

यसैगरी अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीहरुलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिण्डर उपलब्ध भएमा निस्शुल्क रिफिलिङ्ग गरिनेछ । यसैगरी मानवसेवा आश्रमको सिफारिस बमोजिम काठमाडौं उपत्यकाभित्र निस्शुल्क एम्बुलेन्स र शवबाहन सेवा उपलब्ध हुने¸ अस्पतालबाट खरिद गरिएका औषधिहरु मानवसेवा आश्रमबाट सिफारिस बिरामीहरुलाई निस्शुल्क प्रदान गरिने समेत सम्झौता पत्रमा उल्लेख छ ।

यसैगरी नेपाल ए।पी।एफ। अस्पतालमा हाल कायम भएको ११० शैया बेड मध्ये मानवसेवा आश्रमका वेसहारा¸ असक्त¸ असहाय एवं अभिभावकविहिनहरुलाई ३ (तीन) शैया बेड उपलब्ध गराइनेछ । कार्यक्रममा बोल्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सुरक्षा र सेवाका कुराहरु पनि सँगै जाने बताउनुभयो ।

सम्माननीय प्रधानमन्त्रीज्यूको सडक मानवमुक्त बनाउने अभियानका लागि हामीले पनि केही गर्न सकिन्छ कि भन्‍ने सोच अनुरुप गरिएको यस कार्यले ती असहाय मानवहरुको आशिर्वाद संगठनलाई प्राप्त हुने बताउनुभयो । ूमानव सेवा नै सबैभन्दा ठुलो धर्म होू भन्नुहुँदै उहाँले यस प्रकारका पवित्र कार्यले सेवामा लाग्नका लागि उर्जा प्राप्‍त हुने र अस्पतालको सेवा विस्तारसँगै आश्रममा आश्रितहरुलाई दिईने स्वास्थ्य सेवा समेत विस्तार हुँदै जाने बताउनुभयो । संगठनको यो अभियानलाई सहर्ष स्वीकार गर्नुभएकोमा मानव सेवा आश्रम प्रति समेत उहाँले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा बोल्नुहुँदै मानव सेवा आश्रमका संरक्षक डा टण्डनले सम्माननीय प्रधानमन्त्रीज्यूको समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई पूरा गर्न सशस्त्र प्रहरी बल¸ नेपालले देखाएको सदाशयता र सहयोग आश्रमका असहायहरुका लागि बरदान सावित भएको बताउनुभयो ।

आश्रित बिरामीहरुको उपचारका लागि विगतमा धेरै अस्पताल भौतारिनुपर्ने बाध्यता रहेको र सोचेजस्तो उपचार समेत पाउन नसकेको अप्ठ्‍यारा दिनको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो यस सम्झौतापछि चहर्‍याईरहेको घाउमा सशस्त्र प्रहरीले मलम लगाईदिएको छ¸ यस पवित्र कार्यका लागि सशस्त्र प्रहरी बल¸ नेपाल संगठन प्रति खुशी र कृतज्ञता व्यक्त गर्ने शब्द समेत मसँग छैनू । कोभिड १९ को उपचारमा नेपाल एपिएफ अस्पतालले पुर्‍याएको योगदान र उत्कृष्ट सेवाका लागि मानव सेवा आश्रमका तर्फबाट समेत उहाँले हार्दिक आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल¸ सशस्त्र प्रहरी नायब महानिरीक्षकहरु¸ आश्रमका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल¸ नेपालका अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार २१:४४