२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

१८ माघ, काठमाडाैँ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुनको मूल्य ताेलामा १०० ले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन  तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

यसैगरी तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार ११:१४