१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

वीरगञ्जका व्यापारी मुकेश साह तेली कराेडाैँ रुपैयाँ कुम्ल्याएर फरार

८ असार, पर्सा । बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन ।

मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका छन् ।

मुकेशले वीरगञ्जको ग्लोवल आइएमई बंैकको रु एक करोड ३० लाख र अन्य थुप्रै व्यापारीको रु तीन करोड गरी रु चार करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ ।

ग्लोवल आइएमई बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ । फरार रहेका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार १४:४६