१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

समृद्धि फाइनान्सको निक्षेप र कर्जामा उल्लेखनिय बृद्धि

१६ माघ, काठमाडाैँ । समृद्धि फाइनान्सको निक्षेप र कर्जामा उल्लेखनिय बृद्धि भएको छ । दोस्रो त्रैमासमा निक्षेपमा २९.७८ प्रतिशत र कर्जामा ९३.४७ प्रतिशतले बृद्धि भएको छ । सोही अवधिमा कम्पनीले १ करोड ३५ लाख ९७ हजार नाफा कमाएको छ । फाइनान्सको शेयर मुल्य दोश्रो त्रैमासिक अवधिमा अधिकतम रु. १९५ पुगेको थियो । क्यापिटल फन्ड ३६.१७ पुगेको छ ।


फाइनान्सको पुस मसान्तमा चुक्ता पुँजी ४० करोड पुगेको छ । आउँदो असार मसान्तमा चुक्ता पुँजी ८० करोड पुग्ने गरी हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ । हाल समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाण्डौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १६:२०