३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बचतमा समृद्धि फाइनान्सको उत्कृष्ट व्याजदर

१५ माघ, काठमाडाैँ । समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा सबैभन्दा उच्च व्याजदर दिएको छ । बचतमा ७.७५ प्रतिशत सम्म र मुद्दतीमा ९.७५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिरहेको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ । हालैका दिनमा निक्षेपको व्याजदर घट्दो क्रममा छ । तर बचत गर्ने बानीलाई प्रोत्साहन गर्न र प्रभावकारी बचत परिचालन गर्न सो फाइनान्सले उच्च व्याजदरमा निक्षेप संकलन गरिरहेको हो ।


फाइनान्सको चालु दोस्रो त्रैमासमा चुक्ता पुँजी ४० करोड पुगेको छ । आउँदो असार मसान्तमा चुक्ता पुँजी ८० करोड पुग्ने गरी हकप्रद शेयर जारी गर्ने जनाएको छ । हाल समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाण्डौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १६:५२