१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सुनको मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

१५ माघ, काठमाडाैँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारका तुलनामा बुधबार तोलामा नै रु ७०० ले घटेको सुन आज भने तोलामा रु १०० ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ९२ हजार मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा रु ९२ हजार १०० मा कारोवार भएको थियो । मङ्गलबार भने छापावाला सुन तोलामा रु ९२ हजार ८०० मा कारोवार भएको थियो ।

प्रतिकात्मक तस्बिर ।

यस्तै तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा रु ९१ हजार ६०० मा कारोवार भएको थियो । त्यस्तै चाँदी तोलामा रु पाँचले घटेको छ । तोलामा बुधबार रु एक हजार २५० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार ११:५५