देशैभर यसरी शुभारम्भ भयो कोरोनाविरूद्धको खोप अभियान (फोटोफिचर)
१४ माघ, काठमाडाैँ । बुधबार कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्रीले शुभारम्भ गरेसँगै बुधबार नै सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइएको छ । यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ । ती सबै अस्पतालमा प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका छन । तस्बीरहरूः रासस
बागलुङमा बुधबारदेखि शुरु भएको कोभिड १९ विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने । तस्बिरः तारानाथ आचार्य÷रासससङघीय सरकारले पठाएको कोरोनाविरुद्धको खोप बैतडीमा पु¥याउँदै । पहिलो चरणमा दुई हजार २२० डोज खोप जिल्लामा आइपुगेको हो । तस्वीर, विनोद सिंह विष्ट÷राससतनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै जिल्ला स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरी । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर ः कृष्ण न्यौपाने÷ दमौलीप्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै । तस्वीरः प्रदीप वन्त/राससप्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारमा भर्चुअल विधिबाट कोभिड१९ विरुद्ध खोपको शुभारम्भपछि सम्बोधन गर्नुहुँदै । तस्वीरः प्रदीप वन्त/राससतनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै दमौली अस्पतालका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ । पहिलो चरणमा तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर ः कृष्ण न्यौपाने/दमौलीबागलुङमा बुधबारदेखि शुरु भएको कोभिड १९ विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने । तस्बिरः तारानाथ आचार्य/राससकोशी अस्पताल कोभिड१९’ उपचार केन्द्र विराटनगरमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप कार्यक्रममा लगाइने कोभिशिल्ड’ । तस्बिरः मनोज दाहाल/राससप्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की कोशी अस्पताल कोभिड१९’उपचार केन्द्र विराटनगरमा बुधबार कोभिडविरुद्धको खोप शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिरः मनोज दाहाल/राससकाठमाडौँको शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लागाउँदै चिकित्सक । पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङकलक तथा चालक, एम्बुलेन्स, शववाहन चालक र सहचालक, स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, वृद्धवृद्धा, कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ । तस्बिरः रोशन सापकोटा/रासस
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट प्रथम चरणको कोभिड१९ विरुद्धको खोप शुभारम्भ कार्यक्रमअन्तर्गत खोप बाकस स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः राधिका कँडेल/रासस