पहिलो पटक दुई चिकत्सकले लगाए कोरोनाको खोप
१५ माघ, काठमाडाैँ । नेपालमा पहिलो पटक दुई चिकत्सकले कोरोनाको खोप लगाएका छन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई चिकत्सकले कोरोनाको खोप लगाएका हुन । अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र वरिष्ठ कन्सलट्यान्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप (कोभिसिल्ड) लगाएका हुन ।
उनीहरूले बुधबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै खोप लगाए । सरकारले पहिलो चरणमा अग्रपंतिमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई खोप लगाउने भएको छ ।
प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १०:५६