१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रधानमन्त्री ओली ल्हासामा

८ असार, काठमाडौँ । चीनको ६ दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीनको स्वशासित क्षेत्र ल्हासा प्रस्थान गरेका छन । राजधानी बेइजिङमा महत्वपूर्ण राजनीतिक भेटवार्तापश्चात् प्रधानमन्त्री ओली आज ल्हासा लागेका हुन ।

ल्हासामा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेका छन । बिहीबार ग्रेट हल अफ द पिपुल्समा चिनियाँ समकक्षी लि खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता सम्पन्न भएको थियो । बुधबार ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ०९:३७