२४ पुष २०८१, बुधबार | Wed Jan 8 2025

अमेरिकी पहिचानसहित नेपालमा पत्रकारिता गर्न नपाउने भएपछि रविले फिर्ता गरे पासपोर्ट

७ असार, काठमाडौँ । सबै भन्दा लामो अन्तर्वार्तामा गिनिज वेल्र्ड रेकर्ड कायम गरेका पत्रकार रवि लामिछानेले अमेरिकी पासपोर्ट फिर्ता गरेका छन । उनले अब आफू पूर्ण नेपाली पहिचानमा काम गर्न खोजेको सन्देश दिएका छन ।

प्रेस काउन्सिलले जारी गरेको विज्ञप्ति ।

सञ्चार कर्मका माध्यमबाट विकृतिहरुको पर्दाफास गर्दै आएका रविको बारेमा अमेरिकी नागरिकता छ भन्ने विषय बाहिरिए पछि उनले पासपोर्ट नत्यागी नै नेपालमा काम गर्ने चाहनाका साथ सञ्चार मन्त्रालयमा निवेदन दिएका थिए तर मन्त्रालयले पत्रकारितामा नेपाली जनशक्ति पर्याप्त रहेको भन्दै काम गर्ने अनुमित दिन अस्वीकार गरेको थियो ।

गृह मन्त्रालयले प्रेस काउन्सिललार्इ लेखेको पत्र ।

सञ्चार मन्त्रालयले रविलाई अमेरिकी नागरिककै हैसियतामा काम गर्न नदिएपछि अन्ततः रविले नेपाली पत्रकारितामा आफ्नो निरन्तरताका लागि अमेरिकी पासपोर्ट फिर्ताको निर्णय लिएका हुन । उनले हिजो कानुनी कारबाही हुँदै छ भन्ने समाचारहरु प्रकाशमा आएपछि गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा आफूले नगदसहित अमेरिकी पासपोर्ट त्याग्न निवेदन दिएको जानकारी गराएका छन ।

सिधा कुरा जनतासँग कार्यक्रममा रवि लामिछाने ।

योससँगै रवि लामिछानेको बैधानिकताको विषयलाई लिएर भएको चर्को बहसको अन्त्य भएको छ । रविलाई कारबाहीको तयारी गरेको प्रेस काउन्सिलले समेत विज्ञप्ति मार्फत नेपाली भै नेपालमै पत्रकारिता गर्न चाहने रविको इच्छाको कदर गरिएको भन्दै पत्रकार आचारसंहिता पालना गर्दै पत्रकारिता गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस् 

–रवि लामिछाने बारे धुर्मुसले भने ‘तिमी त्यो न्यायमुर्ती हौ, हजारौँ चेलीको आँशु पुछ्न सक्छौ’

–प्रेम बानियाँले रविको पक्षमा लड्ने, यसो भने फेसबुक मार्फत

–अमेरिकी नागरिक रविले मान्न नपर्ने कस्तो कानुन ? तीन वर्ष कैदको सम्भावना !

रविले पासपोर्ट फिर्ताकालागि अघि बढाएको प्रक्रिया ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १८:५८