१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025

सिरियामा दैनिक पाँच घण्टा आक्रमण रोकिने

१५ फागुन, काठमाडौँ । सिरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने रुसले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका छन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा युद्धविरामको सहमति भए पनि त्यसलाई उल्लंघन गरेको भन्दै रुस र सीरिया सरकारी सेनाको अन्तर्रा्ष्ट्रिय रुपमा आलोचना भएको थियो भइरहेको छ । बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म रुसी सेनाले आक्रमण रोक्ने जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १०:०७