१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ट्रेड युनियन काँग्रेसको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

६ असार, काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेसका नवनिर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गरेको छ ।चार वर्ष नौ महिनापछि गत जेठ २९ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न ट्रेड युनियनको छैँटौँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यसहितको टोलीले आज पदभार ग्रहण गरेको हो ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत भरत खरेल, निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेलगायतले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिव योगेन्द्रकुमार कुँवरले पदभार ग्रहण गर्नुभएको हो ।

यस्तै, उपमहासचिवमा गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँईकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरेले पदभार ग्रहण गर्नुभएको थियो । यसैगरी, नवनिर्वा्चित २७ केन्द्रीय सदस्यले समेत पदभार ग्रहण गर्नुभएको छ ।

कार्यक्रममा नवनिर्वा्चित अध्यक्ष आचार्यले ट्रेड युनियन काँग्रेसको गिरेको साखलाई जोगाउँदै मजदूरको पक्षमा ट्रेड युनियनलाई लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ६ असार २०७५, बुधबार २०:४६