१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फेरि घट्याे सुनको मूल्य, कति पुग्याे ताेलामा ?

५ माघ, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतिताेला २०० ले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ११:४३