१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेविसंघका अध्ययक्ष महरकाे एकलाैटी, असन्तुष्ट पदाधिकारीद्धारा देउवाको ध्यानाकर्षण

६ असार, काठमाडाैँ । नेपाल  विद्यार्थी संघका अध्यक्षा नैनसिंह महरले संगठन कब्जा गरेको भन्दै  पदाधिकारीले मातृ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन । नेविसंघका चार उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी, नविन राई, प्रकाश राना र महामन्त्री कुन्दनराज काफ्लेले संयुक्त रूपमा ध्यानकर्षण पत्र सभापति देउवालार्इ बुझाएका छन ।

महाधिवेशनको २२ महिना बितिरहँदा अध्यक्ष महरले क्याम्पस, जिल्ला र विश्वविद्यालयमा विधिवत अधिवेशन नगराई मनोमानी ढंगले विधि परम्परा र विधान विपरीत अध्यक्षले संगठन कब्जा गर्न खोजेकाले सभापतिको ध्यानाकर्षण गराएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनले अध्यक्ष महरले विभिन्न निकायमा मनोमानी संघको केन्द्रीय सदस्यहरूलाई जानकारी नदिई मनोनयन गरेको समेत अारोप लगाए ।

प्रकाशित मिति : ६ असार २०७५, बुधबार १७:०३