१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपालको विकास यात्रामा चीन साझेदार बन्न तयारः राष्ट्रपति सी

६ असार, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकासका लागि साझेदार बन्न तयार रहेको बताएका छन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सीले नेपालको विकासका लागि चीन साझेदार बन्न तयार रहेको बताएका हुन ।

चिनियाँ राष्ट्रपति शीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको भौगोलिक अखण्डतालाई अक्षुण राख्न चीनको साथ रहने बताएका छन् ।

दुई नेताबीच चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) अन्तरगत अगाडि बढाइने विकासे परियोजना, दुई देशबीचको सम्वन्धबारे पनि छलफल भएको छ । बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई नेताबीच करिव ४५ मिनेट वान टु वान वार्ता भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७५, बुधबार १६:२४