९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

गरौ योग डटेर, कोरोना जान्छ हटेर

१ माघ, काठमाडौँ, राष्ट्रिय योग दिवस माघ १ २०७७ को अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई दिनचर्या बनाउन आग्रह गर्नुभएको छ । कोरोना लगायत अन्य रोगहरुसँग लड्न योगको अति नै महत्वपूर्ण भूमिका रहेको भन्दै ओलीले सवैले योग गरी स्वस्थ्य रहनुपर्ने बताउनु भएको छ ।

नेपाल शिवसभ्यता, जनकसभ्यता र वुद्धसभ्यताको त्रिवेणीको रुपमा रहेको भन्दै नेपालबाट योगको विकास र विस्तार भएको बताउनु भएको छ । यस वर्षको योग दिवसको नारा गरौ योग डटेर कोरोना जान्छ हटेर भन्ने रहेको छ । यस वर्ष सप्ताहव्यापी रुपमा योग दिवस मनाइने भएको छ । कोरोनापछि नेपालमा योगा गर्नेहरुको संख्या बढेको छ । २०७२ साल माघ १ गते देखी योग दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ०९:१६