१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नेपाल राष्ट्र बैंकले स्वीकृत गर्याे स्वावलम्बन लघुवित्तको लाभांश

२९ पुस, काठमाडाैँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेकाे छ । बैंककाे पुस २७ गतेकाे पत्रले स्वीकृति प्रदान गरेकाे लघुवित्त वित्तीय संस्थाले जानकारी दिएकाे छ ।


लघुवित्त वित्तीय संस्थाकाे आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेकाे हाे ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १२:१६