१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेस

२८ पुस, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेस भएको छ । राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव प्रस्तुत भएको हो । डेमोक्र्याटिक पार्टीले हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोगको प्रस्ताव पेश गरेको हो ।

प्रस्तावमा ट्रम्पले हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। डेमोक्र्याटहरूले अमेरिकी संसद्‌मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।

उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुनसक्छ। डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि दोस्रो पटक महाभियोग लगाउने प्रक्रिया पनि औपचारिक रूपमा सुरु गरेका छन्।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार ०८:२७