३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’

२५ पुस, काठमाडाैँ । एनसेलको सिमकार्ड भएका विद्यार्थीले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु कुनै पनि समय जहाँ भएपनि सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ जसअन्तर्गत विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्छन् ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यस नविन सेवा कम्पनीले आफ्नो ‘अनपज’ अभियान अन्तर्गत ल्याएको हो । यो अभियानले हालको विषम् परिस्थितीमा भविष्यको पुर्नविचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उदेश्य लिएको छ ।

पाठ्यक्रममा आधारित शैक्षिक सामग्री मोबाइल नेटवर्क मार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने भएकोले सिकाईको अनुभवलाई परिभाषित गर्ने यो सेवा आफ्ना ग्राहकका लागि ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवाले ग्राहक तथा विद्यार्थीहरुलाई शिक्षाको लागि विषेश महत्व राख्दछ र विविध अवरोधहरुका वाबजुत सजिलै सिक्न र आफ्नो वास्तविक क्षमता उजागर गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार १९:०४