१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

गोरखा पालुङ्गटारमा होटल लिगलिग मनास्लु भ्यू सञ्चालनमा

२३ पुस, गोरखा । लिगलिगकोट आउने पर्यटकलाई लक्षित गरी पालुङटार नगरपालिकामा करिब रु सात करोडको लागतमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि ‘होटल लिगलिगमनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटल सञ्चालक मानबहादुर पौडेलले जानकारी दिनुभयो ।

“अहिलेसम्म कूल रु सात करोड १० लाख लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ, उहाँले भन्नुभयो,“लिगलिगकोट घुम्न आउने पर्यटक अब बासखोज्दै फर्कनुपर्ने बाध्यता हुनेछैन ।” दश रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको होटलमा २० वटा आधुनिक र सुविधासम्पन्न आरामदायी कोठा रहेका छन् ।

होटलमा आधुनिक सुविधासम्पन्न बैठक हल, पार्टी प्यालेस, आवश्यकता अनुसार बैठक कोठा तथा रेष्टुरेन्ट रहेका छन् । सञ्चालक पौडेलले भन्नुभयो,“अहिले स्वीमिङपुल निर्माणको काम पनि भइरहेको छ ।” उहाँले लिगलिगकोट र जिल्लाका आसपासका पर्यटकीय गन्तव्य घुम्न आउने पर्यटकलाई पर्यटकीयस्थलसम्म घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले मिलाएको जानकारी दिनुभयो ।

त्यस्तै होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद चाख्न पाउनेछन्् भने उनीहरुको चाहानअनुसार स्थानीय कला संस्कृतिको प्रस्तुतिसमेत देखाउने व्यवस्था रहेको उहाँको भनाइ छ । पालुङटार क्षेत्रमा सुविधा सम्पन्न होटल नहँुदा घुम्न आउने पर्यटकलाई समस्या हँुदै आएको थियो ।

लिगलिगकोट आउने पर्यटक लिगलिगकोट आसपासका क्षेत्रमा बस्नका लागि उपयुक्त व्यवस्थान हँुदा फर्कनुपर्ने बाध्यता रहदै आएको थियो । पालुङटार–२ आँपपिपलमा पर्ने लिगलिगकोटमा अहिले दैनिक एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । दौडिएर राजा हुने परम्परा भएको लिगलिगकोट अध्ययन र अवलोकनका लागि पर्यटक आउने गरेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

“आवश्यक भौतिक पूर्वाधार निर्माण नहँुदा यहाँ आउने पर्यटकलाई समस्या हुदै आएको थियो, उहाँले भन्नुभयो, “पर्यटकलाई लक्षित गरी होटल सामुदायिक घरबासलगायत सञ्चालन हुनथालेपछि सजिलो भएको छ ।” लिगलिगकोटमा स्थानीय मगर समुदायमिलेर भर्खरै मात्र सामुदायिक घरबाससमेत सञ्चालन गरिएको अध्यक्ष रानाकोे भनाइ छ ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १२:१५